बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने
शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौँ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरालाई अदालत प्रवेशमा रोक लगाउनु पर्ने बताए । उनले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुपर्ने पनि बताए ।
अध्यक्ष श्रेष्ठले न्यायालयमा हुने भ्रष्टाचारको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाए । बारले आज गरेको आन्दोलनलाई हस्तक्षेप गर्दा सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा बारका महासचिव लीलामणि पौडेलसहितका अधिवक्ता घाइते भएका छन् । प्रधानन्यायाधीशको भौतिक उपस्थिति रोक्न कानुन व्यवसायीलाई परिचालन गर्ने बारले जनाएको छ ।
यस्तै बारले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने बताएको छ । कानून व्यवसायीहरुले शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने बताएका हुन् । सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि शुक्रबार बहस नगर्ने भएका हुन् । कानून व्यवसायीहरु सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।









रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया