नेकपा मालेको महाधिवेशन पनि चितवनमा हुने

चितवन । सिपी मैनाली नेतृत्वको नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
नेकपा माले केन्द्रीय समितिको तर्फबाट विहीबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २७ गतेदेखि महाधिवेशन हुने जानकारी दिइएको हो ।
महाधिवेशन कात्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणघाटस्थित नारायणी कला मन्दिरमा हुने मूल आयोजक समिति संयोजक तथा स्थायी समिति सदस्य दिननाथ घिमिरेले जानकारी दिए ।
घिमिरेकाअनुसार महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटि, ११ जना स्थायी कमिटि, २१ सदस्य पोलिटब्युरो चयन गर्नुका साथै २० वटा विभागको नेतृत्व पनि चयन गरिने सो पार्टीले जनाएको छ ।
स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्नेबारेमा महाधिवेशनमा छलफल हुने पनि घिमिरेले जानकारी दिए ।
संसदीय व्यवस्था असफल भइसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्नेबारेमा पनि महाधिवेशनले ठोस निर्णय गर्नेछ ।
२०३५ साल पुस ११ मा स्थापना भएको माले २०५८ मा मैनालीको नेतृत्वमा पुनर्गठन गरिएको थियो ।
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया