चोरीको मोटरसाइकलसहित काठमाडौंबाट एक जना समातिए

काठमाडौँ । काठमाडौंको तार्केश्वरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका –४, पुरानो गुहेश्वरीबाट कालो रङको २०० सी.सी.को एन.एस पल्सर मोटरसाइकलको बास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२–०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अवस्थामा पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्धबहादुर तामाङ्गलाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर प्र.३–०२–०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए ।
पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडौं –३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया