यी हुन् जाडोमा सताउने पाँच रोगहरु

काठमाडौं । मौसम परिवर्तनसँगै विभिन्न रोगका बिरामीहरुका अस्पतालमा देखिन थालेका छन् । चिकित्सकहरुका अनुसार गर्मी सकिएर चिसो सुरु भएको छ ।
यो समयमा मौसमी रुघाखोकी ,टाइफाइड, छालासम्बन्धी बिभिन्न रोगहरु, आँखा पाक्ने, बाथ, दम, श्वासप्रश्वास आदिका बिरामीहरु देखिन्छन् । विशेष गरि बालबालिका, वद्धवृद्धा, गर्भवती, महिला दीर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।
फिजिसियन डा.सिर्जना प्रधानाङ्गले भनिन्– ‘खोप लगाएपछि रुघाखोकी नै लाग्न नदिने भन्ने होइन, तर यसले पार्ने नकारात्मक असरलाई भने न्यूनीकरण गर्छ ।’
यी हुन् चिसोमा देखिने रोगहरु
मौसमी रुघाखोकी
मौसम परिवर्तनको समयमा बढी रुघाखोकी लाग्ने बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरहादुर पुनका अनुसार मौसमी रुघाखोकी मात्र देखिएको छ, अन्य संक्रमण नदेखिएकोे अवस्थामा एन्टिबायोटिक्स औषधिको प्रयोग गर्नुपर्दैन ।
यो मौसमी फ्लु केही दिनमा आराम गरेर सिटामोल खाएमा निको हुन्छ । तर गाह्रो भयो भने चिकित्सकको सल्लाह लिनु पर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिङ्स खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्ने डा.पुनको सुझाव छ ।
दम
दमका बिरामी चिसोबाट जोगिनु पर्छ । दमका बिरामीले न्यानो कपडा लगाएर छातीलाई सुरक्षित राख्नुपर्ने छाति रोग विशेषज्ञहरु बताउँछन् ।
वीर अस्पतालका डा. अशेष ढुङगानाका अनुसार दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, आफूले दमका लागि प्रयोग गर्दै आएका औषधिको नियमित सेवन गर्ने तथा चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नु पर्छ ।
‘दमका बिरामीले छातिलाई सुरक्षित नराखेमा भने निमोनिया, ब्रोन्काइटिस जस्ता रोग लागि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउन सक्दछ,’ उनले भने ‘केही केहीलाई छातीको गम्भीर संक्रमण भई ज्यान नै पनि जान सक्दछ ।’
छालाका समस्या
चिसो समयमा आफ्नो छालाको पनि विशेष ख्याल गर्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन् । छाला रोग विशेषज्ञ डा. सविना भट्टराईका अनुसार यो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ । यस्तो समस्याबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्ने उनको सुझाव छ ।
घाँटी तथा श्वासनलीका संक्रमण
चिसो समयमा घाँटी तथा माथिल्लो श्वासनलीका संक्रमणहरु सामान्यतया धेरै नै देखिने नाक कान घाँटी रोग विशेषज्ञ डा.ढुण्डीराज पौडेल बताउँछन् । उनका अनुसार यो समयमा धेरैलाई पिनासले दुःख दिन्छ ।
नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ ।
साथै चिसोबाट धेरैमा टन्सिलको समस्या देखिने श्वासनलीमा संक्रमण हुने हुँदा बिरामीलाई घाँटीमा दुखाइ हुने, थुक निल्न गार्हो पर्ने आदि देखिन्छ । तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने, समस्या निको नभएमा चिकित्सकको सल्लाहमा सामान्यदेखि कहिलेकाहीँ एन्टिबायोटिकको सेवन पनि आवश्यक पर्ने डा. पौडेलको भनाई छ ।
बाथ र जोर्नी दुख्ने समस्या
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिने गरेको चिकित्सकहरु बताउँछन् । बाथ रोग विशेषज्ञ डा. अञ्जन विष्टका अनुसार हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिने उनले बताए ।
उनका अनुसार यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया