घुसपैठ गराएर आन्दोलन दबाउन खोजेको बारको आरोप
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ११:०४

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले घुसपैठ गराएर आफ्नो आन्दोलन दबाउन खोजेको आरोप लगाएको छ । बारको धर्नालाई सम्बोधन गर्दै कानून व्ययसायीले यस्तो आरोप लगाएका हुन् ।
एशोसिएसनका महासचिव लिलामणि पौडेलले आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिइएको बताए । उनले बारको आन्दोलन अझै सशक्त हुने बताए । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै आन्दोल गर्दै आएका छन् ।
सम्बोधनका क्रममा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताएका छन् । बारले १२ बजेसम्म सर्वोच्च अगाडि धर्ना दिने र त्यसपछि बारको कार्यालयमा फर्किने बताइएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया