घुसपैठ गराएर आन्दोलन दबाउन खोजेको बारको आरोप
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ११:०४

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले घुसपैठ गराएर आफ्नो आन्दोलन दबाउन खोजेको आरोप लगाएको छ । बारको धर्नालाई सम्बोधन गर्दै कानून व्ययसायीले यस्तो आरोप लगाएका हुन् ।
एशोसिएसनका महासचिव लिलामणि पौडेलले आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिइएको बताए । उनले बारको आन्दोलन अझै सशक्त हुने बताए । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै आन्दोल गर्दै आएका छन् ।
सम्बोधनका क्रममा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताएका छन् । बारले १२ बजेसम्म सर्वोच्च अगाडि धर्ना दिने र त्यसपछि बारको कार्यालयमा फर्किने बताइएको छ ।
सम्बन्धित
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया