कंगोमा डुंगा दुर्घटना हुँदा ४० जना बेपत्ता
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १३:१०
काठमाडौँ । डुंगा दुर्घटना हुँदा कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ । घटनामा आठ जनाको शव निकालिएको छ ।
दुर्घटनामा परेको डुंगामा १२० जना यात्रु रहेका थिए । हराएकाहरूको खोजी कार्य भइरहेको समाचारमा जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया