गभर्नर अधिकारीसँग रिसाए अर्थमन्त्री शर्मा
मौद्रिक नीतिको समीक्षा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । लगानीयोग्य रकम अभाव रोक्ने गरी मौद्रिक नीतिको समीक्षा गर्न नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्मा गर्भनर महाप्रसाद अधिकारीसँग रिसाएका छन् ।
मन्त्री शर्माले बैंकिङ तरलता बढाउन विभिन्न योजना नल्याएका समस्या देखिएको भन्दै गर्भनर अधिकारीलाई नीति समीक्षा गरि कार्य गर्न निर्देशन दिए ।
उनले लगानीयोग्य रकम व्यवस्थापनका लागि वित्तीय क्षेत्रले अघि बढ्न सबै २७ वटा ‘क’ वर्गका बैंकसँग आग्रह समेत गरे ।
अर्थ मन्त्रालयमा शुक्रबार गर्भनर महाप्रसाद अधिकारीको सहभागितामा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको छलफलमा उनले गर्भनरलाई दबाद दिएका हुन् ।
अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सहुलियत दिनुपर्नेमा जोड दिएको छलफलमा सहभागी मेगा बकैंकी सिइओ अनुपमा कुञ्जेलीले जानकारी दिइन् ।
चालू आर्थिक वर्षको तीन महिना सकिएको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेकाबेला अर्थमन्त्रीले सल्लाह दिएको हुनसक्ने उनको भनाई छ ।
सीईओ कुञ्जेलीले सरकार, राष्ट्र बैंकको नीति नियमानुसार कार्य गर्न तयार रहेको उल्लेख गरिन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया