जनगणनाले देश विकासमा योजना बनाउन भूमिका खेल्छः तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उनले प्रश्न अनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले गणकहरुले मानिसहरुलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गरेका छन् ।
गत कात्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।

















एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया