रोकिएका यी जिल्लामा आज कांग्रेस वडा अधिवेशन हुने
मेरोन्यूज
२०७८ कार्तिक २७ गते ९:३२

काठमाडौँ । क्रियाशील सदस्यता विवादसहित विभिन्न कारणले रोकिएका नेपाली कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु हुने भएको छ । गत भदौ १८ देखि सुरू भएको कांग्रेस वडा अधिवेशन केही जिल्लामा रोकिएका थिए ।
बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजदेखि सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दी जिल्लामा वडा अधिवेशन हुने भएको हो ।
यसैबीच तीन जिल्लाहरू सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा वडा अधिवेशन रोकिने भएको छ । वडा अधिवेशन सकिएपछि कांग्रेसले बाँकी रहेका गाउँ पालिका अधिवेशन गर्ने भएको छ ।
कांग्रेसले प्रदेश अधिवेशन मंसिर १६ र १७ गते र केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने भएको छ । महाधिवेशन काठमाडौँमा हुने भएको छ ।
सम्बन्धित
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया