खैरो हेरोइनसहित नौ पक्राउ
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका १ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका १ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका ५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ का ३२ वर्षीय गौतम केसी रहेका छन् ।
काठमाडौँ बूढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका १० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।
प्रहरीले थापाबाट सय मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट पाँच सय मिलिग्राम, तामाङबाट ४ ग्राम पाँच सय मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैयासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।












पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया