खैरो हेरोइनसहित नौ पक्राउ
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका १ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका ४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका १ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौँ महानगरपालिका ५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ का ३२ वर्षीय गौतम केसी रहेका छन् ।
काठमाडौँ बूढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका शुसिल श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौँ महानगरपालिका १० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।
प्रहरीले थापाबाट सय मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट पाँच सय मिलिग्राम, तामाङबाट ४ ग्राम पाँच सय मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौँ रुपैयासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।
















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया