सभापति देउवाको गृह जिल्लाको अधिवेशनलाई लिएर धर्ना कार्यक्रम हुने

काठमाडौँ । नेपाली कांग्रेस डडेलधुराको सबै वडा अधिवेशन खारेज गरी नयाँ अधिवेशन गर्नु पर्ने माग राखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगबाट अधिवेशन गरेको भन्दै विरोध हुँदै आएको हो ।
‘वडा तहदेखि सबै तहका अधिवेशन हुनु पर्ने माग राखेका छौँ, यसपटक पार्टी सभापति देउवाले एकलौटी ढंगले अधिवेशन गर्नु भयो,’ जिल्ला सभापति कर्णबहादुर मल्लले भने, ‘आगामी १ गतेदेखि जिल्लाको सबै तहबाट प्रतिनिधित्व हुने गरी साथीहरू काठमाडौँ आएर पार्टी कार्यालयमा धर्ना कार्यक्रम गर्ने तय गरिएका छौँ ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले एक पक्षीय रुपमा अधिवेशन गरेको भन्दै विरोध हुँदै आएको छ । जिल्ला सभापछि मल्लले पार्टीभित्र रहेको सदस्यता नवीकरण विवाद समाधान गरेर पुनः अधिवेशन गर्नु पर्ने माग राखेका छन् ।
डडेलधुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको गृह जिल्लासमेत हो ।
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया