बलिउड अभिनेत्री शिल्पा सेट्टीको दाम्पत्तिविरुद्ध धम्काएकाे आरोप

काठमाडौँ । पोर्न भिडिओ बनाएको आरोपमा लामो समय जेल बसेका राज कुन्द्राविरूद्ध जालझेलको निवेदन परेको छ । कुन्द्रासँगै उनकी श्रीमती तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीसमेत उक्त आरोपमा मुछिएकी छन् ।
उनीहरूविरूद्ध मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालमा निवेदन परेको समाचारमा जनाइएको छ । नितिन बराई नाम गरेका व्यक्तिले शिल्पा र राजले सन् २०१४ सालदेखि ‘स्पा तथा जिम’को फ्रेञ्चाइजीका नाममा जालझेल गरेको आरोप लगाउँदै निवेदन दिएका हुन् ।
नितिनले यस घटनामा काशिफ खान, दर्शित शाहसहित अन्य केही व्यक्तिमाथि समेत आरोप लगाएका छन् । नितिनका अनुसार उनीहरूले करिब दुई करोड ४० लाख रूपैयाँ हिनामिना गरेका हुन् ।
‘करिब दुई ४० लाख रूपैयाँ (एक करोड ५९ लाख २७ हजार भारू) रकम लगानी गरेँ, उनीहरूले सो रकम व्यक्तिगत रूपमा प्रयोग गरे,’ नितिनले भने, ‘पैसा फिर्ता मागेपछि आरोपित ९राज र शिल्पा०ले धम्की दिन थाले ।’
राज पोर्न फिल्म निर्माणको आरोपमा केही दिनअघि मात्रै मुम्बाई हाइकोर्टको फैसलामा जमानतमा रिहा भएका थिए । जेलबाट रिहा भएको केही समयमा नै उनीविरूद्ध प्रहरीमा निवेदन परेको हो । यो निवेदनमा शिल्पाको नामसमेत जोडिएको छ ।














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया