कार्यसमिति बैठकमा देउवाको रुलिङः अन्य विषयमा नबोल्नुस्
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १८:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य विषयमा नबोल्न केन्द्रीय नेताहरुलाई रुलिङ गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा प्रधानमन्त्री एवम् सभापति देउवाले महाधिवेशनबारेमा मात्रै छलफल भएको भन्दै अन्य विषयमा नबोल्न रुलिङ गरे ।
आइतबारको बैठकमा नेता रामशरण महतले अदालतको विषयमा बोलेपछि सभापति देउवाले महाधिवेशन बाहेक अन्य बिषयमा नबोल्न रुलिङ गरेका थिए ।
महतले लामो समयदेखि न्यायालयमा आन्दोलन चर्किएर न्याय क्षेत्र नै प्रभावित भएको भन्दै त्यसबारेमा सरकार र पार्टीले निकास दिनुपर्नेमा जोड दिएका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया