बुधबार, फागुन १३, २०८२

बाबुरामको गोरखा भ्रमणः आफैले अनौठो माने (फोटोफिचर)

मेरोन्यूज २०७८ कार्तिक २८ गते २२:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एक सातादेखि गृह जिल्ला गोरखामा जनभेटघाटमा ब्यस्त रहेका छन् ।

पार्टीको संगठन सुदृढिकरण तथा जनपरिचालन (सुज) अभियान का क्रममा भट्टराई कात्तिक २२ गते गोरखा पुगेका थिए । गोरखाको गण्डकी गाउँपालिका ८ घ्यालचोकबाट अभियान शुरु गरेका भट्टराईले खासगरी आफ्ना मतदाताहरुसँग भेटघाट, छलफल तथा विभिन्न विकास निर्माणका योजनाहरुकाबारेमा छलफल गरिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence



घ्याल्चोकबाट सुज अभियान अन्तर्गत १२ दिने जनभेटघाट कार्यक्रम शुरुवात गरेका भट्टराईले सानासाना जनभेटघाट भुइँतहका जनताको वास्ताविक आवाज सुन्ने प्रयत्न निकै उपयोगी र रोचक रहेको सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

भट्टराई श्रीमति हिसिला यमिको साथमा गोरखाको गाउँ गाउँमा कहिले पर्यटकजस्तै लौरी टेकेर त कहिले गाडीमा हुइँकिरहेका छन् ।
गाउँ गाउँ डुलेका घुमेका र भेटघाट गरेका अनि कार्यक्रममा तस्बीरहरु पनि खिच्ने र समाजिक सञ्जालमा पोष्टिने गरेका छन् ।



अभियानको दोस्रो दिन गोरखाको फुजेल, घैरुङ, नामजुङ र बोर्लाङ्मा भुइँतहका जनता र स्थानीय जनप्रतिनिधिसँग भेटघाट भएको उल्लेख गरेका भट्टराईले राती गण्डकी गाउँपालिका ३ माझीगाउँमा पिँढी जनभेटघाटमा बुढीगण्डकी परियोजना, डुबानपीडितको बाँकी मुआब्जा, अधिकांश विस्थापितहरु सुकुम्बासी बन्ने खतरा लगायतका विषयमा छलफल गरेका थिए ।

भट्टराईले अभियानका क्रममा छलफल भेटघाटका साथै केटाकेटी र वृद्धबृद्धासँग बसेर फोटो खिचाउनेदेखि केही ठाउँमा युवायुवतिहरुलाई पार्टी प्रवेशसमेत गराएका छन् ।



शुक्रबार माछीखोलाबाट तीन घण्टा ठाडो उकालो चढेर गुरुङ र दलितहरु मात्र रहेको लप्सीबोट पुगेर सांस्कृतिक कार्यक्रमा मात्र सहभागी भएनन्, साना बालबालिकासँग बसेर पनि फोटो खिचाएका थिए । सोही दिन लाप्राक र गुम्दा पुगेका भट्टराईले जनजाति बाहुल्य उत्तरी क्षेत्रलाई छुट्टै जिल्ला वा विशेष क्षेत्र अर्थात स्वायत्त क्षेत्र बनाउनुपर्ने बताएका थिए ।

गृहजिल्लाको अभियानका क्रममा भट्टराईले गोरखाको सबै विद्यालय भवनहरु सुन्दर रहे पनि शिक्षक दरबन्दीको अभाव भएको भन्दै राज्यले हेलचेक्राईँ गरेको समेत उल्लेख गरेका छन् । भट्टराईले ०७२ सालको भूकम्पको केन्द्र बारपाकदेखि एनआरएनएले बनाएको एकीकृत बस्ती लाप्राकसमेत पुगेका छन् ।

तस्बीरः बाबुरामको सचिवालयबाट

प्रतिक्रिया