कांग्रेस महाधिवेशनले रंगियो सामाजिक सञ्जालका भित्ताहरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन् ।
वडादेखि स्थानीय तहसम्मको निर्वाचन सम्पन्न गरिसकेको कांग्रेसले आगामी मंसिर २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन गर्दैछ ।
पछिल्लो पटक गत कात्तिक ११ गते बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २४ गतेका लागि केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ ।
निर्वाचन तालिकाअनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गरिँदैछ ।
मंसिरको पहिलो साता नै कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिनिसभा क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशनहरु हुँदैछन् ।
अधिकांश जिल्लाका स्थानीय तहहरुको निर्वाचन भने सम्पन्न भइसकेका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन नजिकिएसँगै कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालहरुबाटै भोट मागिरहेका छन् ।
पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनधिदेखि जिल्लाको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जालका भित्ताहरु रंगाएका छन् ।
आइतबार मात्रै कांग्रेसले केन्द्रीय महाधिवेशन र सातै प्रदेश अधिवेशन तयारीका लागि समितिहरू गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले सभापति शेरबहादुर देउवा संयोजकत्वमा मूल आयोजक समिति, ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरेको छ ।
निर्वाचन तालिका

















परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया