आरजु राणाको वडाबाट रावल निर्वाचित
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १८:५९

कैलाली । नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणाको निर्वाचन क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा सभापतिमा जिल्लाकै कान्छा व्यक्ति निर्वाचित भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट सभापतिमा सन्तोष रावल निर्वाचित भएका हुन् । २५ वर्षीय रावलले प्रतिद्वन्द्वी अनन्तराज जोशीलाई ४४ मतले पराजित गर्दै सभापतिमा जित हात पारेका हुन् ।
रावलले एक सय ४९ मत प्राप्त गरेका थिए भने जोशीले एक सय पाँच मत मात्रै पाए ।तरुण दल क्षेतीय सदस्य हुँदै रावल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको सहसचिवसमेत भइसकेका छन् ।
१३ औं महाधिवेशनमा क्रियाशील भएर राजनीतिक यात्रामा होमिएका रावल अहिले वडा सभापतिसम्म पुगेका हुन् । वडा सभापतिमा निर्वाचित भइसकेपछि रावलले अब काँग्रेसमा युवा र अघिल्लो पुस्तालाई जोड्न पुलको भूमिका निर्वाह गर्ने बताए ।
सम्बन्धित

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया