एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आउँदै

काठमाडौँ । नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ ।
एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएको थियो । अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ ।
पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए । प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ ।
गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया