चर्चित गायक क्षेत्रीलाई लाग्यो कांग्रेसको चुनाव
महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा

काठमाडौं । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्रीलाई कांग्रेस चुनावको चटारो छ । गायक क्षेत्रीलाई यतिबेला गीत गाउन होइन, पार्टीको चुनावमा भोट माग्न भ्याइनभ्याइ छ ।
पर्वत फलेबासका क्षेत्रीको अंगुर अमिलो, लौरी लुकाउनी, मधुबनैमा, बाबियोको कुुचो, सुनकेसरी माया, हिमाल सेतै छ, जस्ता दर्जनौं चर्चित गीत गाएका छन् ।
चर्चित गायक क्षेत्रीले नेपाली कांग्रेस सम्बद्ध गीतहरु पनि थुप्रै नै गाएका छन् । बीपी सम्झेर, कांग्रेसको सिपाही, कांग्रेसको मुटुमा क्रान्तिको गाथा छ, सुन सुन साथी जस्ता पार्टीका गीतहरु प्नि क्षेत्रीले गाएका हुन् ।
पर्वतका कांग्रेसी कार्यकर्तासँग भोट मागिरहँदा उनले आफू पर्वतको छहारी बन्न सक्ने बताएका छन् ।
‘पर्वतको माटोमा जम्मेर हुर्किँदै गरेको म सानो बिरुवा हजुरहरुको आर्शिवादले शितल छहारी बन्न सकुँु ।’ क्षेत्रीले भनेका छन् ।
यिनै चर्चित गायक क्षेत्रीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा गरेका छन् ।
महाधिवेशन प्रतिनिधिको उम्मेदवार घोषणा गरेका क्षेत्रीले आफ्नो क्षेत्रबाट भोट माग्ने क्रम जारी राखेका छन् ।
क्षेत्रीले सामाजिक सञ्जालबाट आफ्नो लागि भोट मागिरहेका छन् ।
क्षेत्रीलाई उनका सहयात्री गायक गायिकाहरुले पनि साथ दिएका छन् । लोकदोहोरी गायक बद्री पंगेनीले पनि सामाजिक सञ्जालबाटै क्षेत्रीका लागि भोट मागेका छन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया