अदालतको समस्या समाधान गर्न इन्सेकको आग्रह

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको विवाद समाधान गर्न आग्रह गरेकी हुन् ।
नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं जवाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने हुँदा न्यायालयको अन्योलता अन्त्य गर्न माग गरिएको छ ।
“न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुँदा समस्याको समयमा नै समाधान गर्न सरोकारवालालाई आग्रह गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
“न्यायपालिकाले गर्ने न्याय सम्पादनका कार्य नियमितरुपमा सञ्चालन नभएकाले जनताको समयमै न्याय प्राप्त गर्ने आधारभूत अधिकार उल्लङ्घन भएको अहिले सर्वोच्चमा चलेको घटनाक्रमले देखाएको छ ।’’–इन्सेकले भनेको छ ।
भविष्यमा यस्तो समस्या नआउने सुनिश्चितताका लागि नीति, कानून र संरचनागत सुधारका कार्यमा ध्यान केन्द्रित गर्न पनि इन्सेकले माग गरेको छ ।
















आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
प्रतिक्रिया