शुक्रबार, वैशाख ४, २०८३

प्रकाशमानलाई फकाउँदै कांग्रेस नेताहरु

मेरोन्यूज २०७८ मंसिर ४ गते १७:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई फकाउन कांग्रेसका नेताहरु लागिपरेका छन् ।

पूर्व महामन्त्री सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशनमा नेतृत्वमा दाबी गर्दै आएपछि कांग्रेस नेताहरु सिंहलाई फकाउन लागिपरेका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसमूहमा चिनिएका सिंहले आफ्नो दाबी नछाडेपछि पौडेलसँको सम्बन्धसमेत चिसिएको छ । पौडेलसँगको सम्बन्ध चिसिएपछि सिंहलाई फकाउन उक्त समूहका नेताहरु लागिपरेका छन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिवार प्रकाशमानको चाक्सीबारीस्थित निवासमै पुगेर भेट गरेका छन् । कोइराला पार्टीको आगामी नेतृत्व आफूले लिने प्रयत्नमा छन् ।

पार्टीको विभिन्न कार्यक्रममा सिंहलाई काठमाडौं बाहिरका नचिन्ने बताउने गरेका बीपीपुत्र शशांकले भेटमा पनि सोही कुरा दाहोर्याएका छन् ।
यसअघि शुक्रबार मात्रै संस्थापन इतरका नेता शेखर कोइरालाले प्रकाशमानसँग भेट गरेका थिए । भेटमा उनले आफूलाई सभापति सहयोग गर्न प्रस्ताव गर्दै सिंहलाई प्रधानमन्त्री र पाडेललाई राष्ट्रपतिको प्रस्ताव गरेका थिए ।

नेता सिंहलाई विहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेग गरेका थिए । यसअघि पौडेलले कांग्रेस सभापति देउवा इतरसमूहबाट साझा उम्मेदवार बनाउने पहल गर्दै भेला बोलाएका थिए । तर संस्थापन इतरसमूहबाट सभापतिको आकांक्षी धेरै भएपछि आफूले पनि सभापतिमै उम्मेदवारी दिने बताएका थिए ।

संस्थापनइतर समूहबाट सभापतिमा चार जना आकांक्षी छन् । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया