टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर शनिवार दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–६ राष्ट्रिय वाणिज्य बैंक अगाडि मोटरसाइकलले टिपरलाई दाहिने साइडबाट ओभरटेक गर्ने क्रममा सडक डिभाइडरमा ठोक्किर टिपरको पछाडिको चक्कामा परी दुर्घटना हुँदा काभ्रे रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते तामाङको भक्तपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमै मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले टिपर चालक काभ्रे मण्डनदेउपुर नपा–१० घर भई हाल काठमाडौँ चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामा र दुर्घटनामा परेका दुवै सवारीलाई नियन्त्रणमा लिई प्रहरी बृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।













राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
59 days left for HoR election: EC appoints Chief Returning Officers, Returning Officers
मन्त्रिपरिषद् बैठक जारी
अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया