‘ए’ डिभिजन लिगः मच्छिन्द्र बिजयी, आर्मी र पुलिस बराबरी
पहिलो चरणको खेल सकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।
सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गरेको हो।
मच्छिन्द्रको जीतमा सुनील बलले दुबै गोल गरे ।
खेलको १२ मिनेटमा पहिलो गोल गरेका सुनिलले दोस्रो हाफको ८० औं मिनेटमा अर्को गोल थपे । पहिलो हाफमा १–० ले पछि परेको एनआरटीका लागि एरिक बिष्टले ५४ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
सोमवारको दोस्रो खेलसँगै लिगको पहिलो चरणका खेल सकिएको छ ।
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया