सहमति र समझदारीका आधारमा निर्वाचन हुन्छः विष्ट
महासेठ भन्छन्– आवेशमा आएर केहीले उम्मेदवारी घोषणा गरे

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पार्टीको दशौं महाधिवेशन सहमति र समझादारीका आधारमा निर्वाचन हुने बताएका छन् ।
मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको दाबी गरे ।
एमालेभित्र कुनैपनि प्रकारको विवाद र अन्तरविरोध नरहेको उनले स्पष्ट गरे । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उनले दाबी गरे ।
एमालेमाथि षड्यन्त्र भइरहेको भन्दै विष्टले पार्टीलाई चारै तर्फबाट घेराबन्दी गर्ने प्रयत्न भइरहेको उल्लेख गरे ।
एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गरे । एमालेलाई गुटरहित र प्यानलरहित बनाउनेगरी अघि बढ्ने उनले बताए ।
‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होलाकी भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन ।’– विष्टले भने ।
एमालेभित्र कुनै गुटबन्दी, प्यानल नभएको दाबी गर्दै विष्टले गुटरहित, प्यानलरहित एमाले निर्माणको लागि अगाडि बढ्ने बताए ।
त्यसैगरी, एमाले नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरे ।
जुन प्रतिनिधिको बलमा उम्मेदवारी घोषणा गरिएको छ सोही प्रतिनिधिको प्रस्तावमा उम्मेदवारी फिर्ता हुने उनको भनाइ छ ।
बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु सहमतिको पक्षमा रहेको महासेठले बताए । केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया