सेयर बजारमा सामान्य सुधार
मेरोन्यूज
२०७८ मंसिर ८ गते १७:०९

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ ।
बुधबार शेयरबजार १.८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलव ९४ विन्दुमा पुगेको हो ।
त्यस्तै, बुधबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । करिब दुई अंकले बढेको बजारमा बधुबार ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार बुधबार मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा झण्डै २ प्रतिशतको गिरावट आएको छ ।
बुधबार बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् ।
कारोबारको आधारमा बुधबार पनि नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया