कांग्रेस महाधिवेशन : ४२ जिल्लामा आज अधिवेशन हुँदै
कतिपय जिल्लामा सुरु नै हुन सकेन

काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशनमा होमिएको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज ४२ जिल्लामा जिल्ला अधिवेशन गर्दै छ । एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा आज जिल्ला अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । संघीय राजधानी रहेको काठमाडौँमा आज कांग्रेसको जिल्ला अधिवेशन हुँदै छ ।
अधिवेशन हुन लागेका ४२ जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्यानल बनाएर प्रतिस्पर्धा गर्न लागेका छन् । केही जिल्लामा भने फरक प्यानल पनि देखिएका नेताहरुले बताएका छन् ।
काठमाडौँ, काभ्रेलगायत केही जिल्लामा सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको संयुक्त प्यानल बनेको छ । काठमाडौँमा नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाएका छन् । काठमाडौँमा सिंह–थापा प्यानलबाट वर्तमान सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्कीले प्रतिस्पर्धा गर्दै छन् ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएका चितवन र मकवानपुरलगायतमा अधिवेशन भने आज नहुने भएको छ । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने भएपछि केही पर सारिएको हो । त्यसमा केन्द्रले पनि सहमति दिएको नेताहरुले बताएका छन् ।
चितवनमा एमालेको महाधिवेशन भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको चितवन कांग्रेसले जनाएको छ । कांग्रेसले यही मंसिर १६ र १७ गते विराटनगर, जनकपुरधाम, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन गर्दै छ ।
अहिलेसम्म १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मंसिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएका थिए ।
धनकुटा, रसुवा पर्सा, सर्लाहीलगायतमा अधिवेशन हुन सकिरहेको छैन । कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका निर्धारण गरेको छ ।


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया