एनआरएनएको निर्वाचन पुस ११ र १२ हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ अर्थात (डिसेम्बर २६ र २७ तारिक) हुने भएको छ ।
संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ (१५ डिसेम्बर) तारिखमा हुने भनिएको मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्रविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समयावधी र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आइतबार आदेश दिएको थियो । अदालतको आदेशपछि संघले निर्वाचनको प्रकृया अघि बढाएको छ ।
संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा रविना थापा,बद्री केसी र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा हालसम्म १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये यूके, अमेरिका र अस्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको जनाइएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया