एनआरएनएको निर्वाचन पुस ११ र १२ हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ अर्थात (डिसेम्बर २६ र २७ तारिक) हुने भएको छ ।
संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ (१५ डिसेम्बर) तारिखमा हुने भनिएको मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्रविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समयावधी र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आइतबार आदेश दिएको थियो । अदालतको आदेशपछि संघले निर्वाचनको प्रकृया अघि बढाएको छ ।
संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा रविना थापा,बद्री केसी र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा हालसम्म १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये यूके, अमेरिका र अस्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको जनाइएको छ ।









विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया