नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आफूले दुई वर्ष नाडामा रहेर काम गर्दा अटोमोबाइलको हितविपरीत काम नगरेको बताएका थिए । उपाध्यक्ष चौधरीले अध्यक्षमा सक्षम व्यक्ति आउनु पर्ने भन्दै नेतृत्व गर्न सक्छु भन्ने विश्वासका साथ आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए । उनले संस्थालाई र अटोमोबाइल क्षेत्रलाई कसरी अघि लिएर जाने भन्ने कुराको सोच बनाएर नै उम्मेदवारी दिएको बताएका थिए ।
‘मैले मुटुमाथि हात राखेर एउटा चिज भन्छु, मैले अटो मोबाइलको हितविपरीत मेरो कम्पनीलाई फाइदा होस्÷नहोस् अटो मोबाइल्सका एउटा पनि कदम चालेको छु भने म अध्यक्षको पदको प्रत्यासी पनि हुनु हुँदैन,’ उनले भने, ‘काम गर्न सक्छु भन्ने व्यक्ति अगाडि आउनु पर्छ, यो कुरालाई कसरी कुन उचाईमा लिएर जाने भन्ने कुरा सोचेको व्यक्ति अगाडि आउनु पर्छ ।’
उपाध्यक्ष चौधरीले आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका हुन् । जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई रहेका छन् ।










पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया