मंगलबार, पुष १, २०८२

एमालेप्रति लक्षित गर्दै शर्माले भने : हामी भीडमा हैन ब्यालेटमा विश्‍वास गर्छौं

मेरोन्यूज २०७८ मंसिर १६ गते १३:४९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रचार प्रसार शालिन रुपमा गर्ने महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनलाई लक्षित गर्दै आफूहरूले होडबाजी गरेर भीड जम्मा नगर्ने बताए । उनले भने,‘ संगठनको शालिनता प्रदर्शन गर्ने धेरै भीड जम्मा हाम्रो ध्यान छैन ।’

उनका अनुसार अहिले महाधिवेशनमा एमालेले यति गर्‍यो भनेर होडबाजी गर्ने चलन रहेको छैन । ‘हामी भीडमा हैन ब्यालेट बक्समा विश्वास गर्छौं, त्यसैले हामी हाम्रो शक्ति आगामी चुनावमा ब्यालेट बक्समा देखाउँछौँ,’ उनले भने ।

प्रतिक्रिया