कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : संस्थापन र ईतर पक्षमा को बलियो ?
९ जिल्लामा पौडेल समुह बलियो

काठमाडौं । लुम्बिनी प्रदेश सभापतिको नेतृत्व हत्याउन संस्थापन र संस्थापन ईतर समुह आ आफ्नै तयारीका साथ अगाडी वढेका छन् ।
कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनको उद्घाटन रुपन्देहीमा सुरु भएको छ । यस प्रदेशमा प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रोल्पाका जिल्ला सभापति अमर पुनले उम्मेदवारी दिएका छन् । यस प्रदेशमा १२ जिल्ला रहेका छन् ।
जिल्लाको सभापतिको अंकगणित हेर्दा संस्थापनपक्षभन्दा इतर पक्ष बलियो देखिएका छन् । १२ जिल्ला मध्ये ९ जिल्लामा संस्थापनइतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ । यस प्रदेशमा करिब १६ सय प्रदेश प्रतिनिधि रहेका छन् । पुनले भने ‘बीपी कोइरालाको विचार र सिद्धान्त बमोजिम पार्टी चलाउंन आफुले प्रदेश सभापतिमा उम्मेदवार दिएको हुँ ।’ पुन संविधान सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् ।
त्यसैगरी, संस्थापन पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार बनेका शाह रुपन्देही ५ बाट लगातार तीनपटक जित्ने सांसद हुन् ।
पार्टीका दुबै पक्षलाई मिलाएर लैजान सक्ने स्वाभाव र क्षमता भएकाले आफ्नो जित निश्चित रहेको बताए । संस्थापनइतरले धेरै जिल्लामा जितेको देखिएपनि प्रदेशमा आफूले जित्ने दावी गरे ।
रुपन्देहीमा आफ्नो पक्षमा ५ वटा जिल्ला बराबरको मतदाता रहेका संस्थापनपक्षका नेताहरुको दाबी छ ।
आफूले गुटगत राजनीति नगर्ने तर्क गर्दै पार्टीका दुबै पक्षलाई मिलाएर लैजान सक्ने स्वाभाव र क्षमता आफुमा रहेको हुदाँ प्रदेश सभापति आफु्ले जित्ने दाबी गर्छन् ।
कांग्रेस प्रदेश अधिवेशनको निर्वाचन समितिको आज रातिसम्ममा नामावली प्रकाशन गरेर शुक्रबार उम्मेदवारी दर्ता र शनिबार मतदान गर्ने तयारी छ । पार्टीले गृहमन्त्री बालकृष्ण खांणलाई प्रदेश अधिवेशनको संयोजक तोकेको थियो भने संस्थापन ईतर समुहले चन्द्र भण्डारीलाई सभापति र पदाधिकारी छान्ने जिम्मेबारी दिएको थियो ।
१२ वटै जिल्लाका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद प्रदेश अधिवेशनका मतदाता हुने कांग्रेसको विधानमा उल्लेख छ ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया