अभिनेता ब्रह्मा मिश्रको शंकास्पद मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १७ गते १४:५६

काठमाडौँ । वेब सिरिज मिर्जापुरमा ललितको भूमिकाबाट चर्चित बनेका अभिनेता ब्रह्मा मिश्रको शंकास्पद मृत्यु भएको छ ।
मिश्रको शव मुम्बईको वर्सोवास्थित उनको फ्ल्याटमा भेटिएको थियो । मिश्रको शव धेरै दिनअघिको हुँदा शव सडिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय मिश्राले नोभेम्बर २९ मा छाती दुखेको गुनासो गरेका थिए । छाती दुख्ने समस्या भएपछि उनले चिकित्सकलाई देखाएर औषधि लिएर फर्किएका थिए ।
केही रिपोर्टमा उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ । शव वाशरूममा भेटिएको थियो । उनको तीन दिनअघि मृत्यु भएको बताइएको छ ।
छिमेकीले फ्ल्याटबाट दुर्गन्ध आएको गुनासो गरेपछि खोजबिन गर्दा शव भेटिएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
सम्बन्धित
















पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया