सांगीतिक यात्रा सप्तरङ्गको तेस्रो संस्करण मंसिर २४ देखि शुरु हुने
राजेश हमालदेखि बद्री पंगेनी सहभागी

काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने भएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ । ‘सप्तरङ्ग’ पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो ।
कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुनेछन् ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धिको नारा लाई प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।
यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।














48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
oday’s weather forecast
अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया