सांगीतिक यात्रा सप्तरङ्गको तेस्रो संस्करण मंसिर २४ देखि शुरु हुने
राजेश हमालदेखि बद्री पंगेनी सहभागी

काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने भएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ । ‘सप्तरङ्ग’ पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो ।
कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुनेछन् ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धिको नारा लाई प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।
यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।
















कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया