अब पनि नसुध्रिए कांग्रेस समाप्त हुन्छः गगन

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताए ।
उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए ।
नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने उल्लेख गरे ।
नेपाली काँग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको थापाको भनाइ छ ।
नेता थापाले यो महाधिवेशनपछि नेपाली काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्नेमा जोड दिए ।

















तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया