मंगलबार, वैशाख ९, २०८२

एम्बाप्पेले तोडे लियोनल मेसीको कीर्तिमानी

मेरोन्यूज २०७८ मंसिर २२ गते ७:४८

काठमाडौँ । पिएसजीका फरवार्ड किलियान एम्बाप्पेले स्टार खेलाडी लियोनल मेसीको कीर्तिमानी भंग गरेका छन् । एम्बाप्पेले च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान भंग गरेका हुन् । ्

योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । खेलको सात मिनेटभित्रै एम्बाप्पेले पिएसजीलाई दुई गोलको अग्रता दिलाए ।

एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ । उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पूरा गरेका छन् । सोही गोल पूरा गर्न मेस्सीलाई २३ वर्ष १३१ दिन लागेको थियो । यसअघि मेसी नै सबैभन्दा कम उमेरमा ३० गोल गर्ने फुटबलर बनेका थिए ।

त्यसपछि एम्बाप्पले खेलको ३८ औँ मिनेटमा लियोनेल मेस्सीका लागि गोलको अवसर सिर्जना गरे । खेलको ६८ औँ मिनेटमा पाहुना टोलीका लागि रिट्सले एक गोल फर्काए पनि ७६ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

प्रतिक्रिया