बिहीबार, पुष ३, २०८२

नाडा नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

मेरोन्यूज २०७८ मंसिर २३ गते ११:५२

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो ।

मतदानको लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको ४५ औँ वार्षिक साधारण सभा बुधबारदेखि सुरु भएको हो ।

नाडाको नयाँ नेतृत्वका लागि व्यावसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । नाडाको नयाँ नेतृत्वको लागि दुई हजार दुई सय नाडाका सदस्यले मतदान गर्ने छन् ।

प्रतिक्रिया