‘कांग्रेस’ लाई फकाउँदै ओली-प्रचण्ड
ओलीलाई कांग्रेससँगको प्रचण्ड-माधवको गठबन्धन तोडाउनु छ, प्रचण्डलाई कांग्रेससँगैको गठबन्धन जोडनु छ

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा एमाले र माओवादी केन्द्रले ‘कांग्रेस’लाई फकाउने प्रयास गरेका छन् । शुक्रबार देखि शुरु भएको कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन पुगेका एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई घुमाउँरो पारामा साना दलसँगको सम्वन्ध तोडेर अगाडी हिड्न र माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्लै नहिडि सहकार्य गरेरै अगाडी वढ्न आग्रह गदैं आ–आफ्नै शैलीमा फकाउने प्रयास गरेका छन् ।
गत वर्षको पुस ५ यता एउटै मञ्चमा देखादेख नगरेका र भेटघाट समेत नभएका ओली र प्रचण्डले एक वर्ष यता कांग्रेसको महाधिवेशनको एउटै मञ्च सेयर गरेर काग्रेसलाई कुन दल र शक्तिसँग सहकार्य गर्न हुने/नहुनेमा आफ्नै शैलीमा सुझाव दिएका छन् ।
२०७४ सालको प्रदेश तथा केन्द्रको चुनावमा बामगठवन्धन बनाएर कांग्रेसका विरुद्ध एमाले र माओवादी केन्द्रले चुनाव लडेका थिए । त्यसपछि कांग्रेसलाई यी दुई पार्टीले केन्द्र देखि प्रदेश सम्मकै सरकारमा आउनै नदिने गरी परिणाममा कांग्रेसको इतिहासमै कमजोर हुने गरी खुम्चाईदिएका थिए ।
त्यसवेला चुनावी गठवन्धन र लगत्तै पार्टी एकता गर्ने भनेर ओली र प्रचण्डले जनमत वामपन्थीहरुको पक्षमा वटुलेका थिए । त्यसपछि पार्टी एकतासमेत गरेका यी पार्टीको एकता लामो समय टिकेन । अहिले गत वर्ष पुस वाटै अहिले यी दुई पार्टी अलग भएका छन् । एमालेमा अर्काे विभाजन माधव नेपालले गरेका छन् ।
कम्युनिष्टमा आएको यही विभाजनले फेरि केन्द्र देखि प्रदेशसम्म कांग्रेसलाई सत्तामा जान ढोका खुलेको छ । राजनीतिक परिदृश्य यति वदलिएको छ की, अहिले एमाले एक्लो र कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, उपेन्द्र यादवको जनता समाजवादी अर्काेतिर सत्ता गठवन्धन बनाएर वसेका छन् ।
सम्मुखमा अव स्थानिय देखि प्रदेश र केन्द्रका चुनावको निरन्तरको चुनावी श्रृखला चल्दैछ । यो चुनावसम्मै कांग्रेसलाई फकाएर गठवन्धन बनाएर जाने र एमालेलाई धुलोपिठो बनाउने योजनामा प्रचण्ड-माधव नेपालहरु छन् । उनीहरुले माघ १२ मा हुन लागेको राष्ट्रिय सभा चुनावमा गठवन्धनको सहमति गरिसकेका छन् ।
तर ओली यो गठवन्धन तोडन र सकभर कांग्रेसलाई पनि एक्लै चुनावमा जाने गरी धकेल्न र त्यसरी जाँदा आफुलाई कसैले पनि मिलेर घेरावन्दी गर्न नसक्ने बाताबरण निर्माण गर्न चाहिरहेको छ ।
त्यही आ -आफ्नै स्वार्थ केन्द्रीत राजनीतिमा कांग्रेसलाई फकाउने प्रयास ओली र प्रचण्डले कांग्रेसको उदघाटन सभामा सार्वजनिक रुपमै प्रकट गरेका छन् ।
मओवादी काग्रेससँग चुनावी गठवन्धन सकेसम्म बनाएर जान पाए ओलीलाई साइजमा ल्याउन सकिने र आफनो पार्टीको पनि भविश्य सुरक्षित हुने ठम्याईमा छ । ओली भने माओवादी र माधव नेपालको पार्टीलाई काग्रेसवाट छुटाएर अलग बनाईदिन पाए, कांग्रेस र एमालेको मात्र प्रतिस्पर्धा हुने र तयसमा आफनो पार्टीको पनि सुरक्षित भविश्य रहन सक्ने वुझाईमा छन् ।
त्यही कारण पनि काग्रेसको महाधिवशेन मञ्चमा सँगै देखा परेका ओली र प्रचण्डले कांग्रेसलाई आफुतिर आर्कर्षित गर्ने प्रयास गरेका हुन् ।
के भने प्रचण्डले ?

नेपालमा शान्ति वार्ताको सुरुआत गर्ने श्रेय देउवालाई जान्छ । उहाँले पहिलो चिठी मलाई लेखेर वार्ताको आह्रवान गर्नुभयो । त्यसपछि नै वार्ताको बाताबरण क्रमश बनेको हो । कांग्रेससँग महाधिवशेनमा उभिएर मैले शुभकामना दिदै गर्दा काग्रेससँग माओवादी पार्टीको र अध्यक्षको हैसियतले प्रचण्डको एक खालको विशिष्ट सम्वन्ध छ । खाली शान्ति सम्झौताको सन्र्दभमा मात्र होइन, यो परिवर्तनको सस्थागत गर्ने र देशलाई अग्रगति दिन जरुरी छ ।
कहिले काँही म सुन्छु – पार्टी र साथीहरु एक्लै हिडने कुरा गर्नुहुन्छ । एक्लै हिडनुपर्छ भन्नुहुन्छ । होइन। हामी एक्लै हिडने कुरा अहंकार कसैले पनि नगरौं । हामीले मिलेरै हिडने हो । राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजी राख्नै पर्ने हुन्छ । अहिले हामीले जे सफलता भनेका छौं, एकतावाट, गठवन्धनवाट प्राप्त भएको सफलता हो ।
२०४६ सालको आन्दोलनको सफलता, शान्ति प्रक्रियाको सफलता या २०६२/०६३ को जनआन्दोलनको सफलता सवै लोकतानन्त्रक राजनीतिक दलहरुको वीचमा भएको एकताको परिणाम हो । त्यसकारण एक्लै हिडने अहंकार गर्न खोज्दा जसले अहंकार गरयो, त्यसको ओरालो यात्रा शुरु भयो भन्ने कुरा नेपालको राजनीतिक इतिहासले देखाएको छ । त्यसकारण यो महाधिवशेनमार्फत संगो राष्टलाई एकतावद्ध गर्ने, राजनीतिक दलहरुका वीचमा समझदारी बनाउने र मुख्यतः लोकतान्त्रिक दलहरुका वीचमा समझदारी कायम गर्ने र देशलाई सुसासन, विकासको नयाँ युगमा लैजाने कुरामा देशको ठुलो पार्टी, शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टीको नाताले पनि कांग्रेसले उचित निति निर्धारण र नेतृत्व निर्धारण गरोस । सुभकामना छ ।
ओलीले के भने ?

म कसैको कुरामा वाद प्रतिवाद गर्न चाहान्न । मेरो राजनीति म आफ्नैमा गर्छु, मलाई मञ्चको कमी छैन । कांग्रेससँगै एमाले अगाडी वढन तयार छ । राष्टियता, लोकतन्त्र, सुशासन, विकास, समाजिक न्याय र समृद्धिको प्रश्नमा देशलाई अगाडी वढाउने कुरामा सहकार्य गर्न एमाले तयार रहेको छ ।
राजनीति आ-आफना स्वार्थको रोटी सेकाउने कुरा र त्यस अनुसारको राजनीति होइन । केही साना दलहरुलाई कांग्रेसले औलो समाउन दिएन भने के होला भन्ने पीर छ । सधै सुन्छु, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो की देश बनाउन सँगै जानुपर्छ भनेको हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले नेपाली कांग्रेसको साथमै छ ।
हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको के संसदको अंग होइन ? हामी साथमा छैनौं ? लोकतन्त्रको विषयमा हामी साथमै लडेका छैनौं ? त्यसकारण सरकारबाट हटनुपर्ला की भन्ने कतिपयलाई चिन्ता होला, एमाले एक्लै हिडने रहर पनि गदैन र अरुको भरमा राजनीति पनि गर्दैन । नेपाली कांग्रेस सवैलाई साथ लिएर अगाडी चलोस् मेरो कुनै आपत्ति छैन । तर काग्रेस अरुका नीतिका पछाडी होइन, आफना नीतिका पछाडी हरुलाई हिडाओस ।
शेरवहादुर जी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस् भन्ने शुभकामना छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया