मेगा ड्रिम बहुउद्देश्यीय सहकारीको ११ औँ वार्षिक उत्सव सम्पन्न
मेरोन्यूज
२०७८ मंसिर २६ गते ७:३७
काठमाडौँ । बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा महाशंकर रेग्मी निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभाले उनको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो । उनी यसअघि सचिव थिए ।
चार वर्षका लागि निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा बासुदेव भट्ट, सचिवमा इन्द्रप्रसाद गेलाल र कोषाध्यक्षमा रविनकुमार कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा शेखर बस्नेत, राजकुमार श्रेष्ठ र सरदकुमार अधिकारी छन् ।
साधारण सभाले लेखा समितिको संयोजकमा उमाकान्त न्यौपाने निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा प्रकाश घिमिरे र शुभद्रा चौलागाई निर्वाचित भए । निर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।
सम्बन्धित









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया