सोमबार, पुष ७, २०८२

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन शिलान्यास

मेरोन्यूज २०७८ मंसिर २६ गते १७:४०

काठमाडौं । काठमाडौंको पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले शुक्रबार भवनको शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सञ्चालकका साथै संस्थापक शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया