वीरगञ्ज सुख्खा बन्दरगाह र आइसीपीको काम अनलाइन प्रणालीबाट

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह र आइसीपी दुबै कार्यालयको सम्पूर्ण काम आगामी माघ १ गतेबाट अनलाइन प्रणालीमा सुरु हुने भएको छ ।
विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुस १ गतेदेखि लागू गरिने बताए ।
वीरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसीपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताए ।
भन्सार प्रमुख पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको बताए । अब कागजी काम हरेक क्षेत्रमा कम गर्ने विभिन्न नयाँ प्रविधिहरुको प्रयोग बढाउँदै जानु पर्नेमा जोड दिए ।
आइसीपी, बन्दरगाह भन्सार कार्यालयमा कागज तथा नगद रहित बनाउँदा व्यवसायीको समय र खर्च पनि कम गर्ने बताए ।
पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको बताए ।
उनले भन्सारमा विदेशबाट आएका समान तथा ट्रक/कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० बर्षदेखि त्यतिकै थन्किएर बसेको बताए ।
त्यस्तै, नेपाल इन्टरमोडल यातायात समितिका विरगञ्ज प्रमुख कमल ज्ञवालीले आइसिपीमा सञ्चालन र व्यवस्थापन गर्ने गरिरहेको बताए । उनले आइसीपी सञ्चालनले मुख्य उदेश्य समय र लगातलाई कमि गरी समयलाई सहजीकरण गर्ने भएको बताए ।
वीरगञ्ज भन्सारले बिदेशबाट आयात भएका समानलाई नियमन गर्न ग्रिन, हेलो, ब्ल्यु र रेड लेन बनाइएको छ ।










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया