बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, साँझ ५ बजे सपथ
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्दैछन् । मंगलवार साँझ ५ बजे मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठवन्धन सरकार बनेपछि मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे चयन भएका थिए । उनले सत्ता गठवन्धन दलका नेताहरुलाई मन्त्रालय भागवन्डा मिलाउन नसक्दा मन्त्रालय टुक्राएरै विस्तार गर्न लागेका हुन् । वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । मन्त्रालय टुक्राएर अहिले संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने विस्तार हुने मन्त्रीहरुको नाम टुंग्गो लगाईसकेको छ भने कांग्रेसले अझै टुग्गाउन बाँकी छ ।
मन्त्रीहरुको नाम टुंग्गो लागेपनि उनीहरुले पाउने मन्त्रालयका विषयमा भने अझै छलफल हुन वाँकी रहेको मन्त्री हुन लागेका माओवादी केन्द्रका सांसद रत्न ढकालले मेरोन्यूजलाई जानकारी दिए ।
माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया