बुधबार, पुष ९, २०८२

थप २६४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २८ गते १७:४९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२९ तथा एन्टिजेन विधिबाट ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६२ जना संक्रमणमुक्त भएका छन् भने थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया