कांग्रेस महाधिवेशन
आफ्नै समुह मिलाउन नसक्दा शेखर पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचनमा शेखर कोइराला पराजित बने । कुलचार हजार ६२३ मत खसेको मध्ये शेरबहादुर देउवाले २७३३ मत ल्याउँदा शेखरले १८५५ मत ल्याएका थिए । अर्थात शेखर देउवासँग ९०७ मतान्तरले पराजित बने ।
पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी कसैले पनि ५० प्रतिशत मत नल्याएपछि पुन कांग्रेस सभापतिको चुनाव दोस्रो चरणको गएको थियो । शेखर १३ औं महाधिवेशनमै सभापतिको आकाक्षी थिए । तर उनको तयारी नपुगेको भन्दै समुहका नेताहरुले भनेपछि उनी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर निवार्चित बनेका थिए । १३ औ महाधिवेशनपछि शेखरले १४ औं महाधिवेशनको सभापतिका लागि तयारी गरेका थिए । त्यसपछि उनी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार त बने तर आफ्नै समुह तिरबितर हुदाँ शेखरले निर्वाचन जित्न सकेनन् ।
‘मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु’ दोस्रो चरणको निर्वाचनमा जानुभन्दा अघिको पत्रकार सम्मेलनमा शेखरले भनेका थिए ।
संस्थापन ईतर निर्वाचनमा तितरबितर

शेखर आफ्नै समुहका प्रकाशमान सिंहसँग मिल्न सकेनन् । संथापन ईतर समुहको बैठक पटक पटक रातदिन नभनी बस्यो । एउटै समुहबाट दुई नेता सभापतिमा उम्मेदवार दिदाँपनि शेखर पराजित बनेका हुन् ।
शेखरले आफ्नै घरका दुई सदस्य सुजाता र शंशाकलाई पनि आफ्नो समुहमा राख्न सकेनन् । शशांक आफु तटस्थ बस्ने भनेर कतै खुलेनन् ।
यता,बहिनी सुजातालाई पनि शेखरले आफ्नो समुहमा राख्न सकेनन् । सुजातालाई शेखरले वास्ता नगरेपछि प्रकाशमान समुहमा गएकी कोइराला परिवार निकट एक नेताले बताउँछन् । यदि सुजातालाई पनि शेखरले आफ्नो समुहमा राख्न सकेका भए केही मत बढी आउँने शेखर निकट नेताहरुको भनाई छ ।
संस्थापनइतर समुहकै बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका आकाक्षी थिए । तर आफ्नै समुहमा दुई नेताले प्रकाशमान र शेखरले दाबी गरेपछि पौडेलले एक जना सभापतिका साझा उम्मेदवार उठ्न आग्रह गरे । तर प्रकाशमान र शेखर सभापतिमा अडिग भएपछि पौडेलले चित्त दुखाएर सभापतिबाट पछि हटे । निर्वाचनकै दिन बिहान आफु निर्वाचनमा पनि भाग नलिने र आफ्नो समर्थन कतै पनि नरहने बताए । शेखरले पौडेललाई खुसी बनाउँन नसक्दा पनि पराजित बनेका ईतर समुहका नेताहरु बताउँछन् ।
पौडेल निकट ६४ जना मतदाताले मतदान नै गरेनन् । यदि शेखरले पौडेलको मत जित्न सकेका भए त्यो मत उनलै पाउँथे । पटक-पटक फोन बार्तामा साथ दिने भनेका बिमलेन्द्र निधिलाई पनि शेखरले फकाउँन सकेनन् । निधिले पनि पहिलो निर्वाचनको मतदान गरेर बाहिरिने क्रममै यदि निवार्चन दोस्रो चरणको गयो भने आफ्नो साथ शेखरलाई हुने घोषणा गरेका थिए ।
तर निधिले दोस्रो निर्वाचनमा देउवालाई साथ दिए । शेखरले अर्का सभापतिका प्रत्यासी कल्याण गुरुङ समेतलाई आफ्नो समुहमा ल्याउँन सकेनन् । यदि दोस्रो निर्वाचनमै पनि शेखरले गुरुङ, निधि र सिंहलाई फकाउँन सकेका भए सभापतिको बाजी मार्थे । तर त्यो शेखरले गर्न नसक्दा पराजित बने ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया