थकाली युवा परिवारको प्रथम राष्ट्रिय भेला
गण्डकी । थकाली युवा परिवार नेपालको प्रथम राष्ट्रिय भेला एवं व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस) पोखरामा हुने भएको छ । “धर्म र संस्कृति हाम्रो परम्परा, संरक्षण संवद्र्धनमा युवाहरूको अभिभारा” भन्ने नाराका साथ यही पुष ७ देखि ११ गतेसम्म आयोजना गरिने आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।
उक्त पाँचदिने भेला एवं ईपिएस कार्यक्रममा देशका १९ वटा क्षेत्रका करीब ६० जनाको सहभागिता रहने संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेलाले थकाली समुदायबीच एकआपसमा भाइचारा बढाउनाका साथै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा योगदान पु¥याउने उनको भनाइ थियो । अध्यक्ष शेरचनका अनुसार थकाली युवालाई आफ्नो धर्म, संस्कार, वेषभुषा, भाषा र परम्परा जगेर्ना गर्न उत्प्रेरित गराउने उद्देश्यले “थकाली युवा अवसर, चुनौती र सम्भावना“ बिषयक बहससमेत आयोजना गरिने छ । थकालीको मूल थलो थासाङबाट अन्यत्र बसाइँसराइ गरी देशका विभिन्न १९ क्षेत्रमा र विदेशका तीन स्थानमा थकाली सेवा समिति नामकसंगठित संस्था गठन भएको सचिव विक्कल शेरचनले जानकारी दिए ।
पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसमसमेत प्रतिकुल रहेका कारण त्यहाँ भेला गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गर्ने तयारी भइरहेको उनको भनाइ थियो । भेलाको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने कार्यक्रम छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया