ग्रीसमा दुर्घटना हुँदा मृत्यु हुने नेपालीको सनाखत
मेरोन्यूज
२०७८ पुष ८ गते ९:४८
काठमाडौँ । मंसिर पहिलो साता ग्रीसमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैर कानुनी टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा दुर्घटनामा भई मृत्यु भएका चारै जना नेपाली रहेको पुष्टि भएको हो ।
मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका ६ का राजु लामा, रसुवा आमाछोदिङमो गाउँपालिका ३ की शर्मिला तामाङ, तनहुँ घिरिङ् गाउँपालिका–५ का ओम बहादुर थापा र कैलाली गौरीगंगा नगरपालिका ४ का लक्ष्मण सापकोटा रहेका छन् ।
घटनामा घाइते भएका दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेहरूमा दोलखा भीमेश्वर नगरपालिका ९ का मनु लामा र कैलाली गौरीगंगा नगरपालिका ४ का लोकराज आचार्य रहेका छन् । उनीहरुले मृतक नेपालीको पहिचान खुल्न सहज भएको हो ।
गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सात जनाको मृत्यु भएको थियो ।
सम्बन्धित










बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया