वीरगञ्जबाट पाँच महिनामा ८८ अर्ब राजस्व संकलन

काठमाडौँ । देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७७–७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।
विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया