साताको अन्तिम दिन १२ अंकले शेयर बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ ।
साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १२ अंकले बढेको छ ।
नेप्से परिसूचक १२.५३ अंकले बढेर परिसूचक २५२०.२३ पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
साताको पहिलो कारोबारको दिन सोमबार १७ अंकले घटेको सेयर बजार मंगलबारदेखि भने उकालो लागेको थियो ।
अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित हुँदा मंगलबारदेखि बजार उकालो लाग्न सुरु गरेको थयो ।
मंगलबारको कारोबारमा परिसूचक ५६ अंकले बढेको थियो । बुधबारको कारोबारमा पनि सेयर बजार परिसूचक ९२ अंकले बढेको थियो ।
विहीबार नेप्सेमा नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१० अंक अर्थात् .०२ प्रतिशतले सामान्य अंकले बढेर ४७७.२६ अंकमा उक्लिएको छ ।
४ अर्ब ४९ करोड २६ लाख ६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार हँदा ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर किनबेच भएको छ।
बिहिबारको कारोबारमा ९९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
प्रतिक्रिया