बिहीबार, फागुन २१, २०८२

क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

मेरोन्यूज २०७८ पुष ८ गते १८:५५

काठमाडौं । क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने लर्ड बुद्धले विहीबार एक कार्यक्रमको आयोजना गरी बताएको छ ।

क्लाउड कम्पुटिङ्गको प्रयोग व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ ।

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालिम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।

उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएससी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।

यो सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने विश्वास लिएको कलेजका अध्यक्ष पंकज जालानले बताए ।

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकतामाथि जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीएका सहयात्री संस्थाहरुमा इन्टर्नसीप गर्न पाउने बताइन् ।

कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले पनि सम्बोधन गरेका थिए ।

कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि एक जना छात्रासहित ३ जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ । त्यसको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृत्ति छनौट समितिले गर्नेछ ।

प्रतिक्रिया