‘ए’ डिभिजन लिगः हिमालयन शेर्पाको दोस्रो जित
मेरोन्यूज
२०७८ पुष १० गते १६:०३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबलाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २५औं मिनेटमा शेर्पाका लागि मुतम्बा भ्युनयोलिले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५६औं मिनेटमा मुतम्बाले पुनः गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।
यस्तै, च्यासलका लागि ७५औं मिनेटमा राजीव लोप्चनको पासमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे ।
शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले तेस्रो गोल गरे ।
जितसँगै शेर्पा लिगमा ६ खेलबाट ८ अंक जोड्दै तालिकाको छौठौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया