बिहीबार, फागुन २१, २०८२

नेपालको पहिलो अल्ट्रा थिन बेबी डाइपर बजारमा

मेरोन्यूज २०७८ पुष ११ गते १७:३१

काठमाडौं । नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले अल्ट्रा थिन बेबी डाइपर बजारमा ल्याएको छ ।

विगत १५ वर्षदेखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्दै आएको यो कम्पनीले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत प्रिमियम सफ्ट एण्ड ड्राई प्रिमियम पेन्टस् बजारमा ल्याएको हो ।

यो पेन्टस् उच्च गुणस्तरको कच्चा पदार्थहरुको प्रयोग गरी उत्पादन गरिएको प्रिमियम क्याटोगरीमा नेपालमै उत्पादन भएको पहिलो डाइपर रहेको कम्पनीको भनाइ छ ।

सफ्ट एण्ड ड्राई प्रिमियम पेन्टस अल्ट्रा थिन हुनुका साथै एकदमै नरम रहेको छ ।

यस डाइपरमा थ्रीडी इम्बोस्ड टपशिट रहेको छ रहेको तथा अल्ट्रा अब्जरबिङ होलले बढी सोस्ने तथा हावाको प्रवाह बनाइ राख्ने काम गर्ने भएकाले बच्चाको छाला सुख्खा र नरम भइरहने जनाइएको छ ।

विभिन्न उत्कृष्ट फिचरहरुले भरिएको सफ्ट एण्ड ड्राई प्रिमियम पेन्टसस् अति नरम भएकोले आमाहरुले एक पटक प्रयोग गर्नुपर्ने कुरा कम्पनीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया