माओवादी महाधिवेशन
प्रचण्डको दस्तावेजमा एमसीसीबारे के लेखिएको छ ?

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनमा एमसीसी लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
एमसीसी अमेरिकाको राष्ट्रघाती परियोजना भनी सर्वत्र विरोध भइरहँदा देउवाले पहिलो पटक एमसीसीमा कहाँ छ राष्ट्रघात भनी सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए ।
देउवाले नेपाललाई सित्तैमा आएको पैसा खेर जान दिन नहुने तर्क गरिरहँदा प्रचण्डले उक्त कार्यक्रममा एमसीसीबारे प्रधानमन्त्री देउवाको आफ्नो विचार भनी मोडेका थिए ।
माओवादी केन्द्रको सोमवारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको राजनीतिक दस्तावेजमा एमसीसीबारे उल्लेख गरेका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा एमसीसी परिमार्जनसहित पास गर्नुपर्नेमा जोड दिएका छन् । यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने दस्तावेजमा नै उल्लेख गरेका छन् ।
एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको दस्तावेजमा उल्लेख गरेका छन् । अहिलेकै स्थितिमा एमसीसी कुनै पनि हालतमा पारित नगरिने प्रचण्डले प्रष्ट पारेका छन् ।















नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया