शनिबार, पुष १२, २०८२

माओवादी महाधिवेशन

प्रचण्डको दस्तावेजमा एमसीसीबारे के लेखिएको छ ?

मेरोन्यूज २०७८ पुष १२ गते १९:४०

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनमा एमसीसी लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

एमसीसी अमेरिकाको राष्ट्रघाती परियोजना भनी सर्वत्र विरोध भइरहँदा देउवाले पहिलो पटक एमसीसीमा कहाँ छ राष्ट्रघात भनी सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए ।

देउवाले नेपाललाई सित्तैमा आएको पैसा खेर जान दिन नहुने तर्क गरिरहँदा प्रचण्डले उक्त कार्यक्रममा एमसीसीबारे प्रधानमन्त्री देउवाको आफ्नो विचार भनी मोडेका थिए ।

माओवादी केन्द्रको सोमवारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको राजनीतिक दस्तावेजमा एमसीसीबारे उल्लेख गरेका छन् ।

प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा एमसीसी परिमार्जनसहित पास गर्नुपर्नेमा जोड दिएका छन् । यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने दस्तावेजमा नै उल्लेख गरेका छन् ।

एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको दस्तावेजमा उल्लेख गरेका छन् । अहिलेकै स्थितिमा एमसीसी कुनै पनि हालतमा पारित नगरिने प्रचण्डले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया