गम्भीर रोगबाट पीडित बलिउड कलाकार

काठमाडौं । बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ । लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि गम्भीर रोगबाट पीडित छन् ।
उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला । बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन् । अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित छिन् । युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहेकी छन् । त्यहीकारण आफूलाई फिट बनाउन उनी योगाका अलावा मेडिकेसन गरिरहेकी छन् ।
‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित छिन् । उनले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसकेकी छन् ।
‘दबंग खान’ सलमान पनि गम्भीर बिरामीसँग जुधिरहेका छन् । उनलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ । जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ ।
एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ । कैयौं पटक सुटिङको समयमा उनले यसको दुखाइको सामना गरेका छन् । यहीकारण उनले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाएका छैनन् ।
अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित छिन् । यो हड्डी सम्बन्धीको रोग हो । यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ ।










प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै
Over 4,000 households in Lahan municipality lack toilets
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने
बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज
देवघाटधाममा शतबीज छर्ने घुइँचो
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
प्रतिक्रिया